अब देशले राम्रो नेतृत्व जन्माओस्

0
109

गजल

नवीन बस्याल
प्यूठान (हाल जापान)

नयाँ बर्षमा नयाँ नयाँ रंग आओस
जीवनले एक सक्षम बाटो पाओस् ।।

एक्लोले होईन सबैको धड्कनले
स्वदेशप्रतिको राष्ट्रिय गीत गाओस् ।।

शुभ कामना छ आफन्त अनी सबैमा
प्रगतिले उच्च शिखर चुम्दै जाओस् ।।

पछिल्लो गएको वर्ष जस्तो बिते पनि
अबको वर्ष खुसी र उमंगले जाओस् ।।

धेरै भए चलखेल हाम्रो देश भित्र
अब देशले राम्रो नेतृत्व जन्माओस् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here