अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा

0
209

ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन आगामी चैत्रमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा चैत ९–११ गते सम्मेलन सो सम्मेलन हुने भएको हो । सम्मेलनमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, क्यानडा, जापान लगायत १० मुलुकका विभिन्न क्षेत्रका विज्ञ सहभागी हुने सम्मेलनमा पर्यटन, कृषि, वातावरण, जलवायु परिवर्तन, खाद्य सुरक्षा, असल शासन, दिगो विकास, प्राकृतिक स्रोतको व्यवस्थापन, सङ्घीयता लगायत विषयमा छलफल हुने छ ।

सम्मेलनमा विभिन्न क्षेत्रका झण्डै ७० अन्तर्राष्ट्रिय विज्ञ र बाँकी नेपालका राजनीति कर्मी, उच्च पदस्थ कर्मचारी र विज्ञ सहभागी हुने विभागीय प्रमुख प्रा.डा. पुष्प कमल सुवेदीले जानकारी दिनु भयो । नेपालमा १७ वर्षअघि त्रिवि अन्तर्गत सञ्चालित ग्रामीण विकास विषयमा हाल मुलुकभर स्नातकोत्तर तहसम्म अध्ययन हुनाका साथै ग्रामीण विषयका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन हुँदै आई रहेको छ । ग्रामीण विकास केन्द्रीय विभागले यसै वर्षदेखि विद्यावारिधि कार्यक्रम समेत सुरु गर्ने भएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here