अन्तराष्ट्रिय नेपाली एकता समाजको अध्यक्षमा दुर्गाबहादुर केसी र महासचिवमा लुमाकान्त पुन निर्वाचित

0
893

काठमाण्डौं । अन्तराष्ट्रिय नेपाली एकता समाजको चैत्र २२ गते सनिबार सम्पन्न अन्तराष्ट्रिय नेपाली एकता समाजको भेलाले दुर्गा बहादुर केसी (भारत)लाई अध्यक्षमा निर्वाचित गरेको छ । समाजको सनिबार सम्पन्न अनलाईन भेलाले केसीको अध्यक्षतामा १९ सदस्यीय समिति निर्वाचित गरेको हो ।

भेलाले उपाध्यक्षमा तोयानाथ कँडेल (बेल्जियम), महासचिवमा लुमाकान्त पुन (कतार), सचिवमा देबनारायण पोख्रेल (बहराइन), र कोषाध्यक्षमा सप्तमान बुढाथोकी (हङकङ) लाई चयन गरेको छ । यसैगरि सदस्यहरुमा ठाकुर खनाल (भारत), विदुर शर्मा (दक्षिण कोरिया), हिमाल थापा (युरोप), कृष्ण केसी (युएई), राजकुमार धिताल (साउदी अरब), खुम रायमाझी (कुवेत), गोविन्द विष्ट (मलेसिया), डम्मर कार्की (दक्षिण कोरिया), छविलाल बस्नेत (ओमन), सालिकराम सापकोटा (जापान), दिपक परियार (अमेरिका), गोपाल सापकोटा (जापान), जय विक (युएई) र हेमन्त वाइवा (कतार) रहनुभएको छ ।

भेलाले पाँच सदस्यीय सल्लाहकारको पनि चयन गरेको छ जसमा धनविर पुन (भारत), देवेन्द्र थापा (साइप्रस), विष्णु पुन (दक्षिण कोरिया), दुर्गा शर्मा (स्पेन) र हेमलाल गौतम (जापान) रहनुभएको छ ।

भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले गर्नुभएको थियो । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीको अध्यक्षतामा सम्पन्न भेलाकोे संचालन अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन र स्वागत समाजका संस्थापक सचिव विदुर शर्मा गर्नुभएको थियो । भेलामा विश्वभरिबाट विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here