अन्टुक गण्डकी प्रदेशको भेला सम्पन्न

0
355

पोखरा । अखिल नेपाल ट्ेरड युनियन महासङ्घ (अन्टुक) को गण्डकी प्रदेशको भेला सम्पन्न भएको छ ।

२०७५ भदौ १६ गते पोखरामा सम्पन्न भेलाको प्रमुख अतिथि अन्टुकका केन्द्रीय अध्यक्ष नारायण सापकोटा र अतिथिहरुमा महासचिव लोकराज भुसाल, अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका अध्यक्ष गोविन्द बिसी र अखिल नेपाल औद्योगिक मजदुर युनियनका संयोजक शालिकराम सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो । मोहन थापाको अध्यक्षता तथा नम बहादुर बुढा मगरको सञ्चालनबाट अघि बढेको कार्यक्रमा स्वागत ज्ञानु थापाले गर्नु भएको थियो ।

भेला पश्चात शालिकराम सापकोटाको अध्यक्षतामा ११ सदसीय प्रदेश समन्वय समिति गठन भएको छ । गठित समितिको सचिवमा नम बहादुर बुढा मगर र कोषाध्यक्षमा ज्ञानु थापा रहनु भएको छ । त्यस्तै सदस्यहरुमा ऋषिराम काडेल, मोहन थापा, रमेश गुरुङ, विष्णु विक, श्री प्रसाद थापा र विष्णु प्रसाद अधिकारी रहनु भएको छ भने हाललाई दुई स्थान रिक्त राखिएको छ । समितीलाई गोविन्द बिसीले बधाइ दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here