अन्टुकको उपमहानगर भेला सम्पन्न

0
181

दाङ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) घोराही उपमहानगरको भेला बुद्ध राम्जालीको अध्यक्षतामा सम्पन्न भएको छ । भेलालाई अन्टुकका जिल्ला अध्यक्ष हरि थापाले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो ।

भेलामा अखिल नेपाल युवक सङ्घका भू.पू. केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा प्रदेश नं. ५ का सदस्य रेशम बिसी, जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर जिएम, जनजाति सम्मेलन राष्ट्रिय परिषद सदस्य शेर बहादुर पुन, राजमो जिल्ला सदस्य कृष्णा राना (थापा), अन्टुकका जिल्ला सचिव तुलसीराम पन्थी, युवक सङ्घका जिल्ला उपाध्यक्ष लेखराज आचार्य, अखिल नेपाल किसान सङ्घका घोराही उपमहानगर सचिव मनिराम खनाल र जातीय समता समाजका जिल्ला सदस्य कृष्ण विकको आतिथ्यता रहेको थियो ।

भेलाले भिमकान्त पन्थीको अध्यक्षतामा दुई रिक्त सहित एघार सदस्य घोराही उपमहानगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ज्ञान बहादुर घर्ती, सचिवमा राम बहादुर केसी, सहसचिवमा राजेन्द्र भण्डारी र कोषाध्यक्षमा जागेश्वर न्यौपाने रहनु भएको छ । त्यस्तै, सदस्यहरुमा भरत पर्छाई, कृष्ण भट्टराई, खिमा दमाई र पूर्ण बहादुर नेपाली रहनु भएको छ । राम बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सञ्चालन भिमकान्त पन्थीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here