अनौठो छालारोगबाट पीडित मिमबहादुरलाई अखिल नेपाल युवक संघले आर्थिक सहयोग गर्ने

1
193

चैत्र १३, बाग्लुङ । अखिल नेपाल युवक संघ जैमिनी नगर समिति बाग्लुङले पोखरामा उपचारत छालारोगबाट पीडित मिम बहादुर श्रीस को उपचारार्थ तत्काल एघार हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै पीडित मिम बहादुरको उपचारको लागि सबै क्षेत्रबाट सहयोग गर्न समेत संघले अपिल गरेको छ ।

बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका १० राङ्खानीका मिमबहादुर गत माघ महिनादेखी छाला सम्बन्धी रोगबाट पीडित बनेका हुन् । शुरुमा शरिरभर फोका उठ्ने, फुट्ने र बेस्सरी पोल्ने हुन थालेपछि स्वास्थ्य परिक्षण गर्न पोखरा पुगेका थिए । गण्डकी मेडिकल कलेजमा तिन महिना अघि भर्ना गरी उपचार शूरु गरिएको थियो । शरिर पुरै चिलाउने, फोका उठ्ने र फुट्ने क्रम झन भन्दा झन फैलिंदै गएपछि रोगबारे पहिचानको लागि स्यामपल भारत पठाइएको थियो । परिक्षण पश्चात ‘पेन फिककस भलक्स’ रोग भएको रिर्पोट आएको थियो । त्यसपछि पोखराकै महेन्द्र पुलमा छाला रोग बिशेषज्ञसँगऔषधि उपचार गर्दै आएका मिमबहादुरको रोग कम हुनुको साटो झनै बढ्न थाले पछि फेरी पोखराकै मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई भएकोले आफूहरुले सहयोगको पहल शुरु गरेको युवक संघ जैमिनिका अध्यक्ष याम पुनले जानकारी दिनुभयो । हालसम्म एक लाख पचास हजार भन्दा बढी खर्च भैसकेको परिवारले जनाएको छ र निको हुन कम्तीमा दुई वर्षसम्म उपचार गर्नुपर्ने भएकाले उपचारमा ठूलै धनरासी खर्च हुने अवस्था देखिएको छ ।

1 COMMENT

  1. राम्राे काम हाे युवक सँघकाे । हामी सबैले हातेमालाे गरेर अप्ठाराे परेका मीमलाइ सक्दाे सहयाेग गर्नु जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here