अनेरास्वीयू (छैठौं) प्यूठानको भेला सम्पन्न

0
264

भदौ २३, प्यूठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला कार्य समिति प्युठानको विशेष जिल्ला भेला बिजुवारमा सम्पन्न भएको छ ।

आगामी असोज २६,२७ र २८ मा झापा स्थित बिर्तामोडमा सम्पन्न हुने अखिल (छैठौं) को केन्द्रीय सम्मेलनको तयारी एवं आगामी असोज १९ र २० मा जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गर्दै विशेष भेला सम्पन्न भएको छ ।

जिल्ला सचिव सरोज न्यौपानेको अध्यक्षता तथा युनियनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ५ का इन्चार्ज देवेन्द्र कुँवरको प्रमुख आतिथ्यता तथा राजमो प्रदेश ५ का अध्यक्ष बोम बहादुर खत्रीको विषेश आतिथ्यतामा सम्पन्न भएको भेलामा राजमो जिल्ला सचिव विदुर मल्ल, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य तथा प्यूठान नगरपालिका प्रमुख ध्रुव थापा, राजमो जिल्ला सहसचिव लाल बहादुर रावतले भेलालाई शुभकामना मन्तव्य राख्नुभएको थियो । युनियनको राष्ट्रिय सम्मेलन एवं जिल्ला सम्मेलनलाई सम्पन्न गर्ने गरी २७ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन भएको छ ।

जसमा: अध्यक्षमा चोपलाल विक, उपाध्यक्षमा सरोज न्यौपाने, सचिवमा लोकेन्द्र सुनार, सहसचिवमा गोबिन्दराज भट्टराई र कोषाध्यक्षमा आशा थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा गणेश पौडेल, जगत विक, पुजन गुरुङ, दामोदर बण्जाडे, शारदा अधिकारी, सरस्वता सुनार, हेमन्त पौडेल, रिता जिसी, सुवास सुनार, प्रकाश जैशी सुरेन्द्र अधिकारी, तारा केसी, प्रविन डि.एम, सन्तोष बस्याल, दिनेश जिसी, भावना जिसी, राम प्र. भण्डारी, अपेक्षा गिरी, हेमा केसी, बिनोद सुनार, गोपाल सुनार र दिपा गिरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here