मसिंर १५, दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं दाङले पुस र माघ महिनाभरी दुई महिने संगठन निर्माण अभियान चलाउने भएको छ ।
जिल्ला अध्यक्ष धुर्ब बेल्बासेको अध्यक्षता र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थितिमा मंसिर १५ गते घोराहीमा बसेको जिल्ला समितिको बैठकले “शैक्षिक निजीकरण र संघीयताका विरुद्ध हाम्रो अभियान, जनमुखी शिक्षाका निम्ति जुझारु संगठन निर्माण” भन्ने मूल नाराका साथ अभियान चलाउने निर्णय गरेको हो ।
अभियानको सिलसिलामा जिल्लाका सबै स्कुल र क्याम्पसहरुमा संगठन निर्माण हुनेछ । यसैगरी जिल्लाको बैठकले संगठनको कामलाई सहज बनाउन जिम्मेवारी बिभाजन गर्नुका साथै सचिबालयको समेत निर्णय गरेको छ ।