अनिवार्य कम्प्युटर शिक्षाको माग राख्दै राप्रपा विद्यार्थी संगठनले बुझायाे ज्ञापनपत्र

0
159

विर्तामाेड ।  राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाले अनिवार्य कम्प्युटर शिक्षाको माग राख्दै झापाका  स्थानीय तहमा ज्ञापन पत्र बुझाएकाे छ ।

संगठनका केन्द्रिय उपाध्यक्ष माधव पोखरेलको नेतृत्वमा गएको  टाेलीले साेमबार विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, कन्चनकवल गाउँपालिका र बार्हदशी गाउँपालिकामा ज्ञापनपत्र बुझाएकाे हाे ।

संगठनले झापाका १५ वटै स्थानीय तहमा रहेका सरकारी तथा सामुदायिक विद्यालयरुलाई प्रविधिकाे क्षेत्रमा अगाडि बढाउन अनिवार्य कम्प्युटर शिक्षाको मागसहित ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेकाे संगठनका केन्द्रिय सदस्य गणेश सुवेदीले बताए ।

संगठनले गौरादह नगरपालिका  र गौरीगन्ज गाउँपालिकामा भने यसअघिनै ज्ञापनपत्र बुझाइसकेकाे र बाँकी स्थानीय तहमा पनि चाँडै बुझाउने संगठनका झापा अध्यक्ष पुजन भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here