अनावश्यक कर जनताले बुझाउन सक्दैनन् : थापा

0
224

भाद्र २१, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका वडा नं. १३ को वडा भेला पैयुपाटामा सम्पन्न भएको छ ।

भेलाको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले संघीयताको कारण जनताले दु:ख पाएको बताउनु भयो । कर बृद्धि र सरकारको बजार नियन्त्रण नीति फितलो भएका कारणले महंगी तीव्र गतिमा बृद्धि भएको बताउँदै– ‘संघीय व्यवस्था टिकाउनका लागि जनताले अनावश्यक कर सरकारलाई बुझाउन नसक्ने भएकाले संघीयता खारेजी हुनु पर्छ ।’ थापाले जोड दिनु भयो ।

आफ्नो पार्टीले जनजिविकाका लागि लगातार संघर्ष गर्दै आइरहेको बताउँदै थापाले भन्नु भयो– ‘राजनीतिक संरक्षणमा अराजकता बढेको छ । जसले गर्दा देशमा बलत्कार, हत्या तथा भ्रष्टचार बढेकाले अपराधिक कार्यलाई रोक्न सरकारले चुस्त रुपमा काम गर्नु पर्ने हुन्छ ।’

भेलामा बागलुङ नगर सभा सदस्य लोकनाथ शर्मा, राष्ट्रिय जनमोर्चा बागलुङ नगर अध्यक्ष तथा जिल्ला सदस्य थानेश्वर सुवेदी, नगर कोषाध्यक्ष आशा रोकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । भेलाको अध्यक्षता भैर बहादुर रोका, सञ्चालन प्रेम रोका र स्वागत कृष्ण लामिछानेले गर्नु भएको थियो ।

भेलाले भैर बहादुर रोकाको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका १३ नं वडा समिति, पैयुपाटा गठन गरेको छ । जसको उपाध्यक्ष दन्तकली रोका, सचिव प्रेम बहादुर रोका, सहसचिव मिलन भट्ट, कोषाध्यक्ष निर्मला रोका, सदस्यहरु कमला क्षेत्री, ओमप्रकास पौडेल मकर, तोयानाथ रेग्मी, सु.तिलक बहादुर रोका, धनराज रिजाल, केदार पौडेल, तिलक बहादुर रोका, कृष्ण लामिछाने रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here