अध्यक्ष केसी आउने खबरले ओमनका प्रवासी नेपालीहरु उत्साहित

0
744

काठमाडौ“ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं जनप्रिय नेता चित्र बहादुर केसी ओमनमा आउने खबरले यहा“ रोजगाररत प्रवासी नेपालीहरु निकै उत्साहित देखिएका छन् । अध्यक्ष्ँ केसी ओमन नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न २०७५ वैशाख १२ गते ओमन जा“दै हुनु हुन्छ । ओमनको मस्कट गोब्ब्रास्थित अलरिफ होटलको सभाहलमा २७ अप्रिल २०१८ अर्थात् १४ वैशाखका दिन अध्यक्ष केसीले सो सम्मेलनको उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

“स्पष्ट विचार र नीति बोकेका, सादगी जीवनका प्रतीक, जनमनमा अमिट छाप छोड्न सफल एक सच्चा राष्ट्रवादी आदर्श व्यक्तित्व जनप्रिय नेता चित्र बहादुर केसीलाई भेट्न आतुर छन् ओमनस्थित प्रवासी नेपालीहरु” ओमन नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेतले ओमनबाट फोनमा हा“कलाई बताउनु भयो– “अध्यक्ष केसीको हामी व्यग्र प्रतिक्षा गरिरहेका छौ“ । अध्यक्ष केसी ओमन आउने खबरबाट हाम्रँे सङ्गठनका साथीहरु मात्र होइन, ओमनमा क्रियाशील अन्य नेपाली सङ्घ÷संस्थाका साथीहरु पनि निकै उत्साहित देखिनु भएको छ । आफ्ना प्रिय नेतालाई स्वागत गर्न धेरै सङ्घ÷संस्थाका नेता, कार्यकर्ता र प्रतिनिधिहरु २५ अप्रिलको सा“झ ५ बजे मस्कट इन्टरनेसनल एयरपोर्टमा लामबद्ध हु“दैछन् ।”

अध्यक्ष केसी १२ वैशाखको दिउ“सो ३.१५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डब्लुवाई–०३३८ नम्बरको ओमन एयरबाट ओमनतर्फ प्रस्थान गर्नु हुनेछ । विमान सा“झ ५.४५ मा मस्कट इन्टरनेशनल विमान स्थलमा अवतरण गर्नेछ ।

अध्यक्ष के.सी.द्वारा उद्घाटन गरिने ओमन नेपाली एकता समाजको उक्त दोस्रो राष्ट्रिय सम्मेलन निकै भव्य, सभ्य र ऐतिहासिक बन्ने अपेक्षा आफूले राखेको अध्यक्ष बस्नेतले बताउनु भयो । उहा“का अनुसार सम्मेलनले नया“ केन्द्रीय समिति चयन गर्नुका साथै प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत पारित गर्ने छ । रक्तिम सांस्कृतिक अभियान ओमनका कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेलाई स्वदेशका लागि बिदाइ समेत सोही सम्मेलनमा गरिने जानकारी पनि अध्यक्ष बस्नेतले दिनु भयो । महासचिव लामिछाने प्रभासको रोजगारी अन्त्य गर्दै स्थायी रुपमै नेपालमा रहने गरी स्वदेश फर्कदै हुनुहुन्छ । ओमन नेपाली एकता समाजको उक्त दोस्रो राष्ट्रिय सम्मेलनको हा“क साप्ताहिक समेत मिडिया पाटर्नर रहेको छ ।

दोस्रो राष्ट्रिय सम्मेलनलाई सफल पार्न ओमन नेपाली एकता समाजले एक अपिल समेत प्रकाशित गरेको छ, जसमा भनिएको छ–““सम्पूर्ण श्रमजीवी प्रवासी नेपालीहरुको साझा सङ्गठन ओमान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन २७ अप्रैल २०१८ का दिन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीद्वारा उद्घाटनमा सम्पन्न हुन गइरहेको जानकारी गराउन पाउ“दा हामीलाई अत्यन्त खुशी लागेको छ । प्रवासी नेपालीहरु ओमन आगमनस“गै ओमन नेपाली एकता समाजले इतिहासको लामो कालखण्ड पार गरेको नभएता पनि २००७ मा स्थापना भएर प्रवासमा पसिना बगाइरहेका मजदुरहरुको पिडामा मल्हमपट्टी लगाउ“दै र न्यायोचित मागहरुप्रति जनचेतना जगाउ“दै आइरहेको एकता समाज आज यस अवस्थासम्म आइपुग्नु पक्कै पनि श्रमिक मजदुरहरुले हामीप्रति दर्शाउनु भएको आस्था र विश्वासको उपज हो जस्तो हामीलाई लागेको छ । हामीले सोचेजति प्रवासी श्रमिकहरुको हितमा काम गर्न नसकेता पनि त्यसका निम्ति हामी समर्पित छौ“ भन्ने कुरामा स्थापना कालदेखि अहिलेसम्मको हाम्रो क्रियाकलापहरु नै साक्षी छ भन्नलाई हामी हिच्किचाउनु पर्दैन जस्तो लाग्छ । आफ्नो निजी कामको अलावा आपत्मा परेका दाजुभाइ, दिदीबहिनीहरुलाई सरसहयोग, विशेष गरी आफ्नो पारिवारिक गर्जो टार्नकै लागि घरेलु कामदारको रूपमा ओमान भित्रिएर यहा“ भोग्नु परेका महिला, दिदीबहिनीहरुको केही कठोर पीडाहरुमा पनि हामीले साथ दिदै आएको कुरा शायद यहा“हरुमाझ अनविज्ञ नहोला । त्यसका साथै प्रवासमा रहेका असङ्ख्य युवाहरुलाई विभिन्न दुव्र्यसनी र कुलतबाट जोगाउ“दै उनीहरुलाई देश र समाजप्रति चिन्तनशील बनाउने प्रयास गर्दै आइरहेको कुरामा पनि हामी कटिबद्ध नै रहेको विश्वास दिलाउन चाहान्छौ“ । प्रवासी नेपालीहरुले पनि नेपालमा हुने विभिन्न राजनैतिक परिवर्तनका साथै आम निर्वाचनहरुमा मतदान र प्रतिनिधित्व गर्न पाउनु पर्ने कुरामा हामीले विगतदेखि नै जोड दिदै आइरहेका छौ“ र प्रवासी नेपालीहरुको हित र समस्याहरुमा प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा चिन्तनमनन सहित सम्बन्धित निकायहरुसम्म मागहरु पु¥याउने कार्यमा हामी अन्य सङ्घ÷सङ्गठनहरुस“ग हातेमालो गर्दै आइरहेका छौ“ ।

ओमान नेपाली एकता समाज सम्पूर्ण श्रमजीवी प्रवासी नेपालीहरुमा समर्पित साझा सङ्गठन हो । यसलाई यहा“हरुमाझ अझ मौलाउन दिनु यहा“हरुको पनि कर्तव्य हो भन्ने कुरामा हामी जोड दिदै यसको झन्डामुनि गोलबन्द हुन आग्रहका साथ ओमान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन सफल पार्न यहा“हरुको सबै किसिमको सहयोगको लागि हामी हार्दिक अपिल गर्दछौ“ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here