अध्यक्ष केसीको व्यक्तिगत बिषयलाई लिएर चरित्र हत्या गर्नू दुःखद – पौडेल 

0
81

काठमाडौं / राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले अध्यक्ष  के.सी.का व्यक्तिगत विषयहरूलाई लिएर उहाँको चरित्र हत्या गर्ने प्रयत्न भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । विहीबार एक विज्ञप्ती जारी गर्दै उहाँले दुःख प्रकट  गर्नुभएको हो । यसैगरी अनलाइन र पत्रपत्रिकामा आएका कतिपय समाचारहरुप्रति  पार्टीको ध्यानाकर्षित भएको  भन्दै नेता केसी पार्टीको कामको सिलसिलामा भारतमा भएको हुँदा उहाँ  फर्केपछि  यसबारे बास्तविक तथ्य बुझेर मात्र पार्टीको आधिकारिक धारणा  आउने विज्ञप्तीमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here