अतिक्रमित भूमि व्यवहारमै फिर्ताको निम्ति निरन्तर संघर्ष : वर्तमानको आवश्यकता

0
8

-सागर कुँवर

भारतीय विस्तारवादले अतिक्रमण गरेको भूमि सहित जेठ ५ गते मन्त्रीपरिषदको वैठकले नेपालको नक्सा पारित गरेपछि जेठ ७ गते वुधवार त्यो सार्वजनिक भएको छ । नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि भारतीय विस्तारवादले त्यसलाई अस्वीकार गरेको छ भने भारतीय मिडियाहरु निर्लज्ज ढङ्गले नेपालका विरुद्ध प्रस्तुत भैरहेका छन ।

वेलायती साम्राज्यवादको उपनिवेशमा रहेको भारतले त्यसबाट मुक्त भएपछि वेलायतले भारतप्रती जुन नीति अपनाउदथ्यो, भारतले नेपालप्रति त्यही प्रकारको नीति र व्यवहार अपनाउदै आइरहेको छ । भातीय विस्तारवादले नेपालको राजनीति, कुटनीति, प्रशासन, सिमा (भूमी), जलश्रोत लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष ढङ्गले निरन्तर हस्तक्षेप गर्दै आएको छ ।

भारतीय विस्तारवादले भनेजस्तो संविधान नबन्दा होस अथवा भारतीय शासक वर्गको हितरक्षामा नेपाल नहुँदा होस, भारतीय विस्तारवाद नेपालप्रति क्रुद्ध हुँदै नेपालको राष्ट्रिय सार्वभौमसत्ताका विरुद्व हस्तक्षेप गर्दै आएको छ । नेपालको नक्सा प्रकाशित पछि त्यसलाई अस्वीकार गर्नु भारतीय विस्तारवादको नेपाल विरुद्धको हस्तक्षेपको पछिल्लो कडि हो ।

पटक–पटकका नाकाबन्दी लगाउने भारतीय विस्तारवादले भूपरिवेष्ठित रास्ट्रले पाउने पारवहन क्षमता र अधिकारको अन्तरराष्ट्रिय प्रचलनलाई कुल्चदै नेपाल विरुद्व बारम्बार उभिएको भारतीय विस्तारवाद हाम्रो नेपालको राष्ट्रिय सार्वभौमसत्ताको लागि प्रधान दुश्मन हो । नेपालको हरेक निकायमा आफ्नो वर्चस्व लाद्न खोज्ने भारतले जसरी लिपुलेकमा नेपाललाई कुनै जानकारी नदिइकन बाटो खन्यो र कैलाशमानसरोवर जाने बाटो बनायो, त्यो नेपाल माथी गरिएको एउटा हददर्जाको हस्तक्षेप हो ।

नेपाली जनताले देशको राष्ट्रिय स्वाधीनताको रक्षाको लागि बारम्बार लड्दै आएका छन र त्यो लडाई निरन्तर चलिरहेको छ । नेपाली जनताले भारतीय विस्तारवादको नेपाल माथीको हस्तक्षेपका विरुद्ध गरेको सघर्षको परिणाम स्वरुप अतिक्रमीत भूमि सहितको नेपालको नक्सा सार्वजनिक भएको हो ।

अतिक्रमित भूमि सहित नेपालको नक्सा सार्वजनिक हुनु नेपाली जनताको लागि भारतीय विस्तारवाद विरुद्धको लडाइमा प्रारम्भिक सफलता हो । नेपालको शाशक वर्ग सधै नै भारतीय विस्तारवादको पैतलामुनी रमाउदै आइरहेको अवस्थामा अतिक्रमित भूमि सहितको नक्सा सार्वजनिक हुनु पनि एउटा सकारात्मक कार्य हो ।

आज जसरी नक्सा सार्वजनिक भएको छ, त्यसमा हाम्रो द्वन्द्वात्मक ढङ्गले नै ध्यान केन्द्रीत गर्नुपर्दछ । त्यसरी नक्सा सार्वजनिक हुनुको पछाडी नेपाली जनताको देशभक्तीपूर्ण आन्दोलनको निरंतरता नै प्रधानपक्ष हो भने सरकारको कार्य गौण पक्ष हो । तर केही वुद्विजीवि राजनीतिक नेता तथा सांसदहरुले नक्सा सार्वजनिक हुनुमा एउटा व्यक्तिलाई (प्रधानमन्त्री) केन्द्रमा राख्नु कदापी सहि होइन, त्यो जनताको देशभक्तपूर्ण आन्दोलनको नै अवमूल्यन हो । हामीले स्पष्ट बुझ्नुपर्दछ कि नेपाली जनताले जसरी देशको राष्ट्रिय सवाधिनताको लागि आफुलाई उभ्याइरहेका छन, त्यसको परिणाम नै नेपाल सरकार अतिक्रमित भूमि सहितको नक्सा सार्वजनिक गर्न बाध्य भएको हो ।

त्योसङ्गसङ्गै के स्पष्ट छ भने सरकारले आफ्नो नीति तथा कार्यक्रम पास गर्दा मन्त्रपरिषदबाट नक्सा पास गर्यो र नीति तथा कार्यक्रममा प्रकारान्तले एमसिसीलाई पारित गर्योे । नेपाली शासकहरुले देखाउने दैध चरित्र अहिले नक्सा पास गर्दा र एमसिसी पारित गराउँदा देखाएका छन । अब नेपालको स्वतन्त्र परराष्ट्र नीति माथी नै प्रश्न चिन्ह उठ्नेछ । त्यसको परिणामको लागि हामीले लामो समय पर्खनु पर्ने छैन ।

नेपालको नक्सा सार्वजनिक भएपछि वलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी ट्विटलाई लिएर भारतीय विस्तारवादले अर्को तान्डव नृत्य देखाइरहेको छ । कुनै पनि कलाकारले आफ्नो सीप, क्षमता, कला वर्तमान विश्व वजारमा वेच्न सक्छ तर स्वाभिमान बेच्न हुन्न । मनिसा कोइरालाले पनि त्यही कुरा गरेकी हुन । भारतमा मजदुरी गर्ने लाखौ नेपालीहरु छन । तिनिहरुले नेपालको राष्ट्रिय स्वाधिनताको लागि आवाज उठाउदै आएका छन र आन्दोलन समेत गर्दै आएका छन । त्यो विश्वभरी छरिएर रहेका नेपालीहरुले पनि गर्दै आएका छन । विश्वभरी श्रम वजारमा आफ्नो श्रम वेचिरहेका नेपाली मजदुरहरु जसरी आफ्नो देशको राष्ट्रिय स्वाधिनताको लागि बोलिरहेका छन, त्यसरी नै मनिषा कोइरालाले पनि बोलिन । त्यो अवस्थामा नेपाली राष्ट्रियताको पक्षमा बोल्दा मनिषाका विरुद्ध उत्रने भारतीय मिडिया मोदी फासिवादका पूजारी हुन, नेपाल र नेपाली जनताका दुश्मन हुन ।

नेपालमा सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, भारतीय विस्तारवाद, अमेरिकन साम्राज्यवादका विरुद्ध सघर्षहरु चल्ने गरेका छन । ती सघर्षहरुले मात्रात्मक रुपमा विजयप्राप्त पनि गरेका छन । तर त्यसप्रकारका सघर्षहरुले गुणात्मक विजय प्राप्त गर्नसकेका छैनन । नेपालको नक्सा सार्वजनिक हुनु पनि त्यही मात्रात्मक विजय मात्र हो ।

अब भारतीय विस्तारवादले सार्वजनिक भएको नेपालको नयाँ नक्सालाई अस्वीकार गरेको अवस्थामा, नेपाल सरकार, राजनीतिक दलहरु, सिमाविद, पत्रकार, बुद्धिजीविहरुले जनताको देशभक्तपूर्ण सच्चाइलाई थप उचाईमा पुर्याउन र गुमेको भूमि फिर्ता लिन भारतीय विस्तारवाद विरुद्व गुणात्मक विजय प्राप्त गर्नुपर्दछ । नेपालले नक्सा मात्र सार्वजनिक गरेर हुन्न, कालापानीमा रहेको भारतीय विस्तारवादी सेनालाई हटाउनुपर्छ, गुमेका सबै भू–भागहरु फिर्ता लिनुपर्दछ, सिमानामा पर्खाल लगानुपर्छ । वर्तमान परिस्थितिमा भारतीय विस्तारवाद विरुद्व गुणात्मक विजय अनिवार्य बनेको छ जसले नेपालको सर्वभौमसत्तालाई बलियो बनाउने छ भने राष्ट्रिय स्वाधिनताले थप उचाई हाँसिल गर्नेछ । त्यसरी भारतीय विस्तारवादले अतिक्रमण गरेको भूमि फिर्ता गर्न र भारतीय सेनालाई कुटियाङ्दी नदि कटाउन भारतीय जनतासङ्ग मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै भारतीय विस्तारवादका विरुद्व सम्झौताही सघर्षलाई अगाडि बढाउनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here