अघी सर अब

0
127
नवीन बस्याल, प्यूठान हाल जापान

भाग्यलाई दोष नदेउ संघर्षमा भर पर अब
हारेर हरेश नखाउ बरु अघी अघी सर अब

कठिन भित्रको जीबन त्यो निकै सुन्दर हुन्छ
क्षणिक खुसीको दिर्घकालीन छैन भर अब

फुल हो जीबन कोई फुल्छ कोही ओइलन्छ
मिठो सुगंध भित्र बिषदायी सुगंध नछर अब

सबै संघर्षको महत्व फरक हुन्छ बुझ
सर्वस्व कसैले किस्मत मै जिद्दी नगर अब

भाग्यलाई दोष नदेउ संघर्षमा भर पर अब
हारेर हरेश नखाउ बरु अघी अघी सर अब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here