अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिमा को को परे ?

0
1564

– ३३ सदस्यीय केन्द्रीय समिति, एक सय ११ सदस्यीय राष्ट्रिय परिषद गठन
– अध्यक्षमा अनिल किशोर घिमिरे र महासचिवमा कृष्णराज पाण्डे निर्वाचित

काठमाडौँ । नेकपा (मसाल) को सहायक सङ्गठन अखिल नेपाल युवक सङ्घको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २०७५ वैशाख २८ देखि ३० सम्म कास्कीको पोखरामा चलेको उक्त सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष जनप्रिय नेता चित्र बहादुर केसीले गर्नु भएको थियो । सम्मेलनले अनिल किशोर घिमिरे अध्यक्ष र कृष्णराज पाण्डे महासचिव रहनु भएको ३३ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ ।
उपाध्यक्षहरुमा क्रमश: लक्ष्मण पुन,
पियारी थापा र
मुकुन्द रोका,
महासचिव– कृष्णराज पाण्डे,
सचिवमा भक्त विक र प्रशान्त थापा
कोषाध्यक्ष– भिमसेन वन रहनु भएको छ ।

पूर्ण सदस्यहरुमा

कुलराज खनाल,
योगेन्द्र पौडेल,
रामबाबु शाह,
हुमलाल नेपाली,
विक्रम थापा,
कृष्ण क्षेत्री,
कमल थापा,
दिलराज मोक्तान,
धनिराम आचार्य,
जुन विक्रम शाही,
चित्र एमसी,
खगा राना,
आशिस जगेबु,
धर्म दानी,
उषा तरामु,
विष्णु शर्मा,
डम्मर खड्का रहनु भएको छ ।

त्यस्तै, वैकल्पिक सदस्यहरुमा:

वीरेन्द्र हमाल,
वीरेन्द्र थापा,
बरुणध्वज मल्ल,
निर्मल पौडेल,
कृष्ण खनाल,
हरि योगी,
लालसिंह मल्ल,
शिव फँुयाल रहनु भएको छ ।

त्यसैगरी सल्लाहकारहरुमा:

तिलक थापा,
जितामित्र सुनार,
लक्ष्मण देव पाण्डे,
रमेश पौडेल,
कविराम खनाल,
कर्ण चौधरी
बालकृष्ण सुवेदी रहनु भएको छ ।
सम्मेलनले एक सय ११ सदस्यीय राष्ट्रिय परिषद गठन गरेको छ ।

सम्मेलनले राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन, विधान र ३५ बुँदे विशेष प्रस्ताव समेत पारित गरेको छ ।

१. देशको राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि कुनै पनि पक्षबाट भएको हस्तक्षेपको विरोध गर्दछ ।

२. नेपालको राष्ट्रिय स्वाभिमानमाथि आँच पुग्ने गरी गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनको भत्र्सना गर्दै नेपालप्रतिका सबै हस्तक्षेपकारी नीतिहरुको विरोध गर्दछ ।

३. १९५० लगायतका असमान सन्धि र सम्झौताहरु खारेजीको माग गर्दछ ।

४. माथिल्लो कर्णाली तथा अरुण तेश्रो सम्झौता खारेजीको माग गर्दछ ।

५. यातायातमा व्याप्त सिन्डिकेटको खारेजीको स्वागत गर्दै कृषि उपज, दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा व्याप्त सबै प्रकारका सिन्डिकेटको अन्त्यका लागि जोडदार माग गर्दछ ।

६. शिक्षालाई सर्वसुलभ रूपमा सबैको पहुँचमा पुर्‍याई समान शिक्षाको ग्यारेन्टीको माग गर्दछ ।

७. राष्ट्रिय स्वाधीनताका लागि आत्मनिर्भर अर्थतन्त्रमा जोड दिई देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न माग गर्दछ ।

८. वैदेशिक रोजगारीमा ठगी तथा अलपत्र परेका पीडितहरुलाई उचित न्याय तथा राहत र पुनस्र्थापनाको माग गर्दै त्यस प्रकारको ठगीमा संलग्न दोषिहरुलाई कारवाहीको माग गर्दछ ।

९. वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुको यथार्थ तथ्याङ्क सङ्कलन गरी उनीहरु कार्यरत रहेको देशबाटै नेपालको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्थाको माग गर्दछ ।

१०. सङ्घीयताको खारेजीको लागि जोडदार माग गर्दछ ।

११. स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउन जोडदार माग गर्दछ ।

१२. वैदेशिक हस्तक्षेपको विरोध गर्दै भारतीय विस्तारवादद्वारा मिचिएका भूमिहरु फिर्ता गर्न जोडदार माग गर्दछ ।

१३. युवाहरुलाई मनोरञ्जनको नाममा कुलततिर धकेल्ने अश्लील पत्रपत्रिका, साहित्य, प्रकाशन तथा सामाजिक सञ्जाल नियन्त्रणको व्यवस्था तत्काल मिलाउन जोडदार माग गर्दछ ।

१४. युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद तथा युवा लक्षित कार्यक्रम गर्ने सबै संस्थाहरुलाई एकत्रित र व्यवस्थित गर्दै बेरोजगार युवाहरुलाई बिना धितो ऋण प्रवाह गर्न माग गर्दछौँ ।

१५. शिक्षित वेरोजगार युवाहरुलाई प्रमाण पत्र र योजनाका आधारमा सुलभ ब्याजको ऋण उपलब्ध गराउन माग गर्दछ ।

१६. सिरियाली जनतामाथि गरिएको साम्राज्यवादी हमलाको घोर निन्दा र विरोध गर्दै सबैखाले साम्राज्यवादी उत्पीडनको अन्त्यका लागि जोडदार माग गर्दछ ।

१७. अमेरिकी साम्राज्यवादको साम्राज्यवादी नीति तथा हतियारका दम्भका कारण सृजित सबैखाले तनावहरुको शान्तिपूर्ण समाधानको माग गर्दछ ।

१८. युवाहरुलाई सहकारिताको माध्यमवाट देशको आर्थिक समृद्धितर्फ उद्यत गराउन माग गर्दछ ।

१९. विश्व वातावरणमा प्रतिकूल प्रभाव पार्ने रासायनिक हतियारका साथै आणविक भट्टीहरु तत्काल बन्द गर्न माग गर्दछ ।

२०. श्रम क्षेत्रमा व्याप्त शोषणको अन्त्य गर्दै समान कामको समाज ज्याला लागु गराउन माग गर्दछ ।

२१. कृषियोग्य जमिनको खण्डीकरण र प्लटिङहरु बन्द गराउन माग गर्दछ र कृषिमा आधुनिकीकरण गर्न माग गर्दछ ।

२२. पर्यावरणमाथि अनियन्त्रित दोहनको अन्त्यको माग गर्दछ ।

२३. महिलामाथि बढ्दै गइरहेको हिंसाको अन्त्यका लागि जोडदार माग गर्दछ ।

२४. रुढिवादी, अन्धविश्वास, छाउपडी, बोक्सी जस्ता सामाजिक कुसंस्कार र कुरीतिहरुको अन्त्यको माग गर्दछौँ ।

२५. महिलालाई अवैधानिक रूपले खाडी लगायतका विदेशी मुलुकमा लैजाने कार्यलाई रोक्न प्रभावशाली कदम चाल्न माग गर्दछौँ ।

२६. ऐतिहासिक उजिर सिंह किल्ला रहेको बुटवलको फूलबारीमा भारतिय पेन्सन क्याम्प राखिएकोमा विरोध गर्दै अन्य उपयुक्त स्थानमा पेन्सन क्याम्प राखी सेवा उपलब्ध गराउन माग गर्दछ ।

२७. एनसेल लगाएत अन्य बहुर्राष्ट्रिय कम्पनीहरुले राज्यलाई तिर्नु पर्ने लाभकर वापतको अरबौँ रकम विदेश लैजाने गरेका छन् । उक्त रकम तुरुन्त चुक्ता गर्न र गराउन जोडदार माग गर्दछ ।

२८. नेपालमा लामो समयदेखि महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र दुर्गम क्षेत्रका समुदाय, अपाङ्ग, सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गद्वारा उत्पीडित रहँदै आएका छन् । देशमा दण्डहीनता मौलाउँदै गएको छ । हत्या, हिंसा, लुटपाट बढिरहेको छ । मुलुकमा देखा परेका यस्ता समस्याहरुलाई लिएर दृढतापूर्वक सङ्घर्ष गर्नु जरुरी रहेको छ ।

२९. युवाहरुमा बढ्दै गएको लागु पदार्थ दुव्र्यसनी तथा ओसारपसारलाई नियन्त्रण प्रभावकारी कदम चाल्न माग गर्दछ ।

३०. सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कडा दण्डको माग गर्दछ ।

३१. कालाबजारी, करचोर, तष्कर, वनमारा, भ्रष्टाचारीहरुलाई कडा सजायको माग गर्दछ ।

३२. विदेशी दलाल पुँजीवादको एकाधिकारको विरोध गर्दै राष्ट्रिय पुँजीको विकासमा जोड दिन्छ ।

३३. निर्माण सामग्री लगायतका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दछ ।

३४. जातिवाद, क्षेत्रीयतावाद, अन्धराष्ट्रवाद र विखण्डनवादको भण्डाफोर गर्दछ । ३५. जनअधिकारका तमाम मुद्दाहरुलाई केन्द्रित गर्दै युवाहरुलाई जुझारु बनाउँदै मुलुकको आमूल परिवर्तनका लागि जनवादी क्रान्तिको आधार निर्माण गर्ने दिशामा अगाडि बढ्न आह्वान गर्दछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here