अखिल नेपाल युवक संघको प्रथम राष्ट्रिय परिषद बैठक धनगढीमा शूरू

0
186

कैलाली/ अखिल नेपाल युवक संघको प्रथम राष्ट्रिय परिषद बैठक साेमबारदेखि धनगढीमा सुरू भएकाे छ । संघका केन्द्रीय अध्यक्षअनिलकिशोर घिमिरेले पानसमा बत्ती बालेर परिषद बैठककाे उद्घाटन गर्नुभएकाे हाे ।

उद्घाटन समारोहलाई बरिष्ठ वामपन्थी नेता रामचन्द्र भट्ट, अखिल नेपाल किसान महासंघक अध्यक्ष भैरबराज रेग्मी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट, तराई मधेश जनवादी मोर्चाका का महासचिव राजाराम चौधरी, अखिल (छैठौं)का अध्यक्ष बिमल पोख्रेल, युवक संघका पूर्व अध्यक्ष तिलक थापा, जातीय समता समाजका महासचिव गोविन्द बिक र कानुन व्यबसायी संघका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीले बैठक सफलताको शुभकामना दिनुभएको थियो ।

उद्घाटन समारोहको अध्यक्षता उपाध्यक्ष मुकुन्द रोक्का र सञ्चालन महासचिव कृणराज पान्डेले गर्नुभएको थियो भने स्वागत सचिव प्रशान्त थापाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here