अखिल नेपाल युबक संघ भुमिकास्थान २ को भेला सम्पन्न

0
173

टेकराज भुसाल(टेकु) बुटवल
अर्घाखाँची ।
अखिल नेपाल युबक संघ केन्द्रीय समितिको “जागौँ युवा लागौँ युवा“ भन्ने देश ब्यापि अभियान अनुसार मिति २०७५ मंसिर ८ गते गणेश पौडेलको अध्यक्षता, अखिल नेपाल युवक संघ केन्द्रीय अध्यक्ष अनिल किशोर घिमेरेको प्रमुख आथित्यता, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कुलराज खनाल, अखिल नेपाल महिला संघ प्रतिनिधी उमा मरासिनी, अखिल छैँठौ जिल्ला सदस्य अनिता खनालको आथित्यतामा सम्पन्न कार्यक्रमले ११ पुर्ण र ४ बैकल्पिक गरि १५ सदस्य रहेको अखिल नेपाल युवक संघ भु. न. पा.–२ ढाकावाङ्गको समिति गठन गरेको छ ।

जस्को अध्यक्षमा मोहन भुसाल, उपाध्यक्षमा अनिल परियार, सचिवमा गणेश पौडेल, सहसचिवमा अनिता खनाल, कोषाध्यक्षमा प्रेम प्रसाद पोख्रेल, सदस्यहरुमा हिरा बहादुर सुनार, बिष्णा खनाल, ज्ञयान प्रसाद खानाल, हरि प्रसाद पौडेल र २ स्थान रिक्त अनि बैकल्पिक सदस्यहरुमा अनिल खनाल, रामु खनाल र २ स्थान रिक्त राख्दै समिति निर्माण गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिले देशबाट युवा शक्ति बिदेसिनुमा राज्यव्यवस्था कै नीति तथा कार्यक्रमहरु परिवर्तन मुखि नहुनले नै भएको बताए । युवाहरु हरेक समस्या आइपर्यो भन्दैमा प्यारालाइसिस भन्ने होइन बरु एनालाइसिस गर्दै अगाडी बढ्नु पर्ने घिमिरेले बताए । राष्ट्र र राष्ट्रियता बचाउनका लागि सबै युवाशक्ती लाग्नु पर्नेमा घिमिरेले जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here