अखिल नेपाल महिला संघ दाङले सम्मेलन गर्दै

0
351

दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ दाङको आउँदो पौष ३–४ गते लमहिमा हुने जिल्ला सम्मेलनको लागि तुलसिपुर उपमहानगर समितिले तयारी कार्यक्रम तर्जुमा गरेको छ ।

नगर अध्यक्ष निमा रेग्मीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थिमा बसेको बैठकले जिल्ला सम्मेलन सम्पन्न गर्नको लागि स्थानीय संगठन गठन पुनर्गठन गर्ने, सदस्यता बितरण गर्ने र धेरै भन्दा धेरै महिला कार्यकर्ताहरुलाई सम्मेलनमा सहभागी गराने योजना बनाएको नगर सचिब शान्ता खनालले बताउनु भयो ।

उक्त सम्मेलनमा जिल्ला भरीबाट ठूलो संख्यामा महिलाहरु उपस्थित गराइ महिला हिंसा र उत्पिडनका विरुद्ध आवाज उठाउनुका साथै प्रदर्शन समेत गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here