अखिल नेपाल महिला संघको अध्यक्षमा मिना पुन र महासचिवमा सकुन्तला राना निर्वाचित

0
388

बुटवल । अखिल नेपाल महिला संघको साताैं राष्ट्रिय सम्मेलनले अध्यक्षमा पुनः मिना पुनलाई निर्वाचित गरेको छ । शुक्रबार देखि बुटवलमा शुरु भएको सम्मेलनले पुनको अध्यक्षतामा २१ पुर्ण र ६ वैकल्पिक गरी २७ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सनिवार सम्पन भएको हो ।

सम्मेलनले संघको महासचिवमा शकुन्तला राना, उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सरस्वती पौडेल, पदमा पाण्डे, सचिवमा तारा जिसी र कोषाध्यक्षमा रितु केसी चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा क्रमशः कल्पना पोख्रेल, कमला पौडेल, पुर्णिमा आचार्य, भानु केसी, हिरा शाही, दिलमाया पुन, कुन्ती पाण्डे, पदमा पण्डित, सपना बराल, कोपिला शंकर, कमला चौधरी, सरस्वती कार्की, नरमती सिंजाली, रुद्रा केसी, कृष्ण रावल र वैकल्पिक सदस्यहरुमा पुर्णकला भण्डारी, कमला पौडेल, सारदा थापा, हुमा पोख्रेल, सीता आचार्य, शारदा खत्रीलाई चयन गरेको छ भने सल्लाहकारहरुमा दुर्गा पौडेल, निर्मला अर्याल, चन्द्रवदन श्रेष्ठ, पवित्रा जिसी र सम्झना सुवेदीलाई चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here