अखिल (छैठौ) रुपन्देहिको ऐतिहासिक १८ औ जिल्ला सम्मेलन सम्पन्न

0
675

अध्यक्षमा सरोजमान सिंह, सचिवमा सागर बेल्वासे

बुटवल । नेपाली विधार्थीहरुको हक, हित र अधिकारका निम्ती संघर्ष गर्ने संगठन अखिल (छैठौं) रुपन्देहिको १८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । “शैक्षिक निजीकरण, उद्दारीकरण र संघीयता बिरुद्ध हाम्रो आन्दोलन, जनवादी शिक्षा, राष्ट्रियताको रक्षाका लागि १८ औं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ पशुपति मिस्ठान्न भण्डारको सभाहल बुटवल बेल्वासमा सुरु भएको सम्मेलनको उद्घाटन युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ५ का ईन्चार्ज देवेन्द्र कुँवरले गर्नु भएको थियो ।

यस्तै सम्मेलनलाई पुर्व बिधार्थी अध्यक्ष प्रकाश जिसी, महिला संघको तर्फबाट लक्ष्मी योगी, युवक संघ अध्यक्ष गोविन्द खनाल, किसान संघ केन्द्रीय सदस्य रुखबहादुर पराजुली, उधोग ब्यापार संघको तर्फबाट ढुण्डीराज शर्मा, माक्र्सवादी विचार मञ्चका अध्यक्ष उपाध्यक्ष चेतनारायण आचार्य, बुद्धिजीवी संघ केन्द्रीय सल्लाहकार दुर्गानाथ खरेल, युनियनका केन्द्रीय सदस्य तथा रुपन्देहि उपाध्यक्ष लक्ष्मी बेल्वासे, राजमो रुपन्देहि सचिव दिपक पौडेल, प्रमुख अतिथि देवेन्द्र कुँवरले संबोधन गर्नु भएको थियो । उद्घाटन सत्र सरोजमान सिंहको अध्यक्षता, सन्तोष केसीको स्वागत मन्तव्य र विनोद पाण्डेको सञ्चालनबाट अघि बढेको थियो ।

सम्मेलनले सरोज मान सिंहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष— अशोक शर्मा, सचिव— सागर बेल्वासे, सहसचिव— सन्तोष केसी, कोषाध्यक्ष— बिपना भण्डारी रहेका छन् । त्यस्तै सदस्यमा: अवताव आलम, आकाश मगर, प्रमिला रायमाझी, भुवन थापा, किरण खाती, वैकल्पिक सदस्यहरुमा: मिलन परियार, टेकराज भुसाल, सितल केसी र मिलन पुन रहेका छन् । त्यस्तै सम्मेलनले प्रकाश जिसी, लक्ष्मी बेल्वासे र विनोद पाण्डेलाई सल्लाहकार चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here