अखिल (छैठौ) जैमिनी नगरपालिकाको बैठक सम्पन्न

0
198

दिपेन्द्र पौडेल,
कुश्मीसेरा ।
जिल्लाको दक्षिणभेग स्थित जैमिनी नगरपालिकामा अखिल (छैठौं) जैमिनी नगरपालिकाको बैठक जैमिनी नगरपालिका वडा नं १० पाहीमा सम्पन्न भएको छ ।

नगर अध्यक्ष कृष्णा थापाको अध्यक्षतामामा सूरूभएको बैठकमामा जिल्ला अध्यक्ष ईन्द्रमणी पाण्डेको समेत उपस्थिति रहेको थियो । बैठकमा प्रशिक्षणात्मक मन्तब्य राख्दै जिल्ला अध्यक्ष पाण्डेले यतिखेर देशको स्थिति अत्यन्त खराब रहेको, जनतामा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको भष्टाचार र अनियमितता बढेको कारण देश सरकार बिहिन जस्तो भएको बताउनुभयो भयो ।

फरक प्रसंङ्गमा बोल्दै पाण्डेले बर्तमान अबस्थामा बिधार्थी आन्दोलन कमजोर जस्तो देखिए पनि यो अबस्था अस्थायी रहेको र बिधार्थी आन्दोलनको भबिष्य उज्जवल रहेको बताउँदै सजिलो अबस्थामा जसले पनी काम गर्ने भएकोले कठिन अबस्थामा काम गर्ने बिधार्थीहरू मात्र अखिल (छैठौ) होनहार कार्यकता बन्न सक्ने बताउनुभयो ।

बागलुङ जिल्लाको बिधार्थी आन्दोलनमा अखिल (छैठौं) जैमिनी नगरपालिकाको महत्वपूर्ण भुमिका रहेको भन्दै थप सङ्गठन चलायमान बनाउन समेत उहाँले आग्रह गर्नुभयो । बिद्यार्थी राजनीति गर्ने अन्य सङ्गठनहरू अब सङ्गठन नभइ अपराधिक क्लबको रूपमा स्थापित हुन थालेको पछिल्लो उदाहरण अखिल र क्रान्तिकारीको नेतृत्वले गरेको हर्कत रहेको बताउनु भयो, साथै उहाँले सङ्गठन राजनीति आदिको बारेमा प्रशिक्षण समेत दिनुभएको थियो ।

नगर सचिब दिपेन्द्र पौडेलको सञ्चालनमा शुरू भएको बैठकले जैमिनी नगरपालिका रहेका हरेक बिद्यालयहरूमा अखिल (छैठौं) इकाई समितिको निर्माण गर्ने इकाई समिति भएको ठाउँमा बैठक बसी रचनात्मक कार्यहरू गर्ने लगायतका निर्णयहरू गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here