अखिल (छैठौं) रौतहटको जिल्ला भेला सम्पन्न

0
212

राजपुर । अखिल (छैठौं) रौतहटको जिल्ला भेला जिल्लाको राजपुर नगरपालिका वर्ड नम्बर २ झुनखन्वामा सम्पन्न भएको छ ।

अखिल (छैठौं) २ प्रदेश इन्चार्ज निरबहादुर सिन्तानको प्रमुख आतित्थ्यमा सम्पन्न भेलामा तराइ मधेस जनबादी मोर्चाका केन्द्रीय सचिब तथा राष्ट्रिय जनमोर्चा रौतहटका जिल्ला अध्यक्ष हरि किशोर महतो, अखिल (छैठौं) प्रदेश ५ का कोषाध्यक्ष प्रकाश जिसि, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष रितेश कुमार अधिकारी, तराई मधेस जनबादी मोर्चाका जिल्ला अध्यक्ष शेख नुर हालक लगायतको आतिथ्यता रहेको थियो ।

भेल्लाले अरुण कुमार गुप्ताको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष राजिब महतो, सचिब पप्पु यादब, सहसचिव सुबोद कुमार यादब र कोषाध्यक्ष मनोज शाह रहेका छन् ।

त्यस्तै सदस्यहरूमा क्रमशः उज्वल कुमार गुप्ता, रितेश महतो, रोशन कुमार पटेल, बिश्व्जित महतो र रितेश कुमार अधिकारी रहेका छन् । भेलाले २१ औं राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधि पर्यवेक्षक समेत चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here