अखिल छैठौं गुल्मी- पाल्पा संयुक्त भेला सम्पन्न

0
92

तानसेन, पाल्पा/
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)ले आगामी फागुन चैत महिनामा संचालन गर्न लागेको संघीयता विरुद्ध काठमाण्डौ केन्द्रीत विद्यार्थी मार्च कार्यक्रमको तयारीको सिलसिलामा शुक्रबार पाल्पाको तानसेनमा गुल्मी र पाल्पा जिल्लाको संयुक्त भेला सम्पन्न गरेको छ ।

भेलाको उद्घाटन अखिल (छैठौं)का अध्यक्ष विमल पोख्रेलले गर्नुभएको थियो । भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे,कम्युनिष्ट संग्रालय नेपालका चेतनाथ आचार्य, राजमो पाल्पा अध्यक्ष विशाल दर्लामी, अखिल (छैठौं)का जिल्ला उपाध्यक्ष विमला सापकोटा र युवक संघका जिल्ला अध्यक्ष कमल थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाको औचित्यमाथि युनियनका महासचिव महेशराज जोशीले प्रकाश पार्नुभएको थियो ।

भेला अखिल (छैठौं) का केन्द्रीय सदस्य पुरन पोखरेलको अध्यक्षता, विनोद कुवँरको स्वागत र मनिस ठडराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here