अखिल (छैठौं) गल्कोटको दोस्रो भेला सम्पन्न

0
277

दिपेन्द्र सिग्देल,

गल्कोट । शैक्षिक तथा राजनीतिक आन्दोलनमा आफुलाई फरक दर्जा मा उभ्याऊन सफल नेपालको एकमात्र विद्यार्थी सङ्गठन अखिल (छैठौं) गल्कोट नगरपालिकाको दोस्रो भेला शुक्रबार सम्पन्न भएको छ । नगर अध्यक्ष धना रानाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी युनियनको जिल्ला अध्यक्ष ईन्द्रमणि पाण्डे हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले स्वबियु चुनाव आइरहेको सन्दर्भमा विद्यार्थी संगठनको नाममा माफियाहरू सल्लबलाउन थालेको बताउनुभयो । पाण्डेले अखिल (छैठौं) चुनाव जित्ला वा हार्ला त्यो चुनावले बताउला तर न्यायीक रूपमा छैठौले जितिसकेको बताउनु भयो ।

“हामीलाई थाहा छ, नेपालमा ठूलाठूला क्यापस हामीले जित्न सक्दैनौ तर आफुले हारेर भएपनि स्वबियु सत्ता बचाउन सर्बोच्चमा मुद्दा दायर गरेर स्वबियुको गरिमा र विद्यार्थी आन्दोलनको बिरासतलाई उचोमा पुर्याउन सफल भएको छ ।” पाण्डेले भन्नु भयो– “यसकारण अखिल (छैठौं) जिम्मेवार छ, विद्यार्थी हकहितको बारेमा संझौताहिन संघर्ष गर्ने इतिहास छ, हाम्रो स्वणिम ईतिहास बचाउन अखिल छैठौलाई आम विद्यार्थीको साथ सहयोगको समय आएको छ ।”

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य पदम श्रेष्ठ जातिय समता समाजका जिल्ला अध्यक्ष खडक विक, राजमो गल्कोट नगर सचिब लाल बहादुर राना, नगर सदस्य चुणामणी कंडेलले समेत मन्तव्य दिनुभएको थियो ।

भेलाले धना रानाको अध्यक्षतामा ३ रिक्त सहित १५ सदस्यीय अखिल छैठौ गल्कोट नगरपालिकाको गठन गरेको छ । जसमाः उपाध्याक्ष, सचिब, सहसचिव र कोषाध्यक्षमा क्रमशः गणेश सापकोटा, साधना राना भिमा घर्ती, चन्द्रकली विक लगायत अन्य सदस्य रहनुभएको छ । कार्यक्रममा उपस्थितलाई स्वागत भिमा घर्तीले गर्नुभयो भने सञ्चालन जिल्ला सदस्य दिपेन्द्र पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here