अखिल (छैठौं)अर्घाखाँचीको अध्यक्षमा नेपाली र सचिवमा कुँवर निर्वाचित

0
63

सन्धिखर्क/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) अर्घाखाँचीको २५ औं जिल्ला सम्मेलनबाट पुरन नेपाली अध्यक्षतामा निर्वाचित भएका छन् भने सचिवमा सन्तोष कुँवर निर्वाचित भएका छन् ।

यसैगरी नवनिर्वाचित समितिको उपाध्यक्षमा आकाश भाट, सह–सचिव राजेश भुसाल र कोषाध्यक्षमा शुष्मा भुसाल निर्वाचित भएका छन् ।  सम्मेलनले १५ पूर्ण, ४ वैकल्पिक र ६ सल्लाहकार गरि २५ सदस्यीय जिल्लासमिति चयन  गरेको छ । युनियनका महासचिव महेेश जोशीले मैैनबत्ती बालेर सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here