अखिल छैठौंले विद्यार्थी दिवसको अवसरमा अन्तर्क्रिया गर्ने

0
77

काठमाडौं/ “राष्ट्रियतामाथिको संकट र विद्यार्थी आन्दोलन” भन्ने विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)ले अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । चौवन्नौं विद्यार्थी दिवसको सन्दर्भ पारेर उक्त अन्तरक्रिया गर्न लागेको केन्द्रीय कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख वक्ताकोरूपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा निम्ताइएको छैठौंले जनाएको छ । कार्यक्रम जेठ १ गते दिउँसो १ बजेदेखि बागबजारस्थित होटल हार्दिकमा हुने अध्यक्ष बिमल पोख्रेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here