अंगिकृत नागरिकता प्राप्त ब्यक्तिका सन्तानलाई बंसजको नागरिकता दिने सम्बन्धि सरकारको परिपत्र

0
296

काठमाडौं । नागरिकता सम्बन्धी ऐन संशोधन विधेयक संसदमा विचाराधीन अवस्थामा रहेकै बेला सरकारले जन्मको आधारमा अंगिकृत नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने सम्बन्धि परिपत्र गरेको छ । चैत्र २९ गते गृहमन्त्रालय मार्फत मन्त्रीस्तरीय निर्णय भन्दै गृहमन्त्रालयका उपसचिव गंगाराम न्यौपानेद्वारा हस्ताक्षरित उक्त परिपत्र गरिएको हो ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पठाइएको उक्त परिपत्रमा जन्मको आधारमा अंगिकृत नागरिकता प्राप्त गरेका बाबु आमाका छोराछोरीलाई वंशजको आधारमा नागरिकता उपलब्ध गराउन निर्देशन गरिएको छ । संसदमा ऐन विचाराधीन रहेको अवस्थामा नागरिकता सम्बन्धी देशको संवेदनशील र गम्भीर विषयमा मन्त्रीस्तरीय निर्णय गरि परिपत्र जारी गर्नु गम्भिर राष्ट्रघात भएको जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here